पोखरामा ११ हजार ७६८ ट्याबलेट नियन्त्रित लागूऔषधसहित व्यक्ति पक्राउ
पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ अधेरीकुनाबाट प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागूऔषध टापेन्टाडोल बरामद गरेको छ।
प्रहरीका अनुसार अधेरीकुना बस्ने ४० वर्षीय अनुप छत्कुलीको घरमा तलासी गर्दा ११ हजार ७६८ ट्याबलेट टापेन्टाडोल फेला परेको हो। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका छत्कुलीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।



Post Comment