पोखराको औद्योगिक क्षेत्रमा बिहानै स्कुटर दुर्घटना, महिला घाइते
पोखरा, कात्तिक ७ — पोखराको औद्योगिक क्षेत्रमा शुक्रबार बिहान स्कुटर डिभाइडरमा ठोक्किँदा पछाडि सवार एक महिला घाइते भएकी छन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार बिहान करिब ५:२५ बजे स्कुटर सडकको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा महिलाको खुट्टामा चोट लाग्नुका साथै रगत बगेको बताइएको छ। स्कुटर चालक पुरुषलाई भने चोटपटक लागेको छैन।
घाइते महिलालाई उपचारका लागि पोखरास्थित अन्नपूर्ण अस्पताल लगिएको जानकारी प्राप्त भएको छ।
दुर्घटना हुनुको कारण र घाइते महिलाको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
जनसमाचार नेपाल | सत्य, तथ्य र जनताको आवाज।



Post Comment