×

काठमाडौं उपत्यकामा लागूऔषधसहित पाँच जना पक्राउ, नगद र मोटरसाइकल बरामद

काठमाडौंमा लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं उपत्यकामा लागूऔषधसहित पाँच जना पक्राउ, नगद र मोटरसाइकल बरामद

लागूऔषध नियन्त्रण ब्युरो तथा प्रहरी टोलीले विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूको साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट रु. ५ लाख ६० हजार ४ सय नगद, एक थान मोटरसाइकल र ६ थान मोबाइल फोन समेत बरामद भएको छ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: रातोपाटी

Post Comment