×

आज पोखरामा गण्डकी र भुटानबीच दोस्रो अभ्यास खेल, पहिलो खेलमा गण्डकीको शानदार जित

पोखरामा गण्डकी प्रदेश र भुटानबीच क्रिकेट अभ्यास खेल

आज पोखरामा गण्डकी र भुटानबीच दोस्रो अभ्यास खेल, पहिलो खेलमा गण्डकीको शानदार जित

पोखरा । गण्डकी प्रदेश र भुटानको राष्ट्रिय क्रिकेट टोलीबीच आज पोखरामा दोस्रो अभ्यास खेल हुँदैछ। खेल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने तालिका रहेको छ।

यसअघि मंगलबार भएको पहिलो अभ्यास खेलमा गण्डकी प्रदेशले भुटानलाई ८ विकेटले पराजित गरेको थियो। भुटानले दिएको ९७ रनको लक्ष्य गण्डकीले ११ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो। गण्डकीका ईश्वर क्षेत्रीले अविजित ३४ रन बनाएका थिए।

पहिलो खेलमा गण्डकीका बलर सुभाष भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए भने अपराजित पौडेलले ३ विकेट हात पारेका थिए। भुटान १९.३ ओभरमा ९६ रनमै समेटिएको थियो।

भुटानी टोली आगामी ICC Men’s T20 World Cup Asia Sub-Regional Qualifier ‘A’ को तयारीका लागि नेपाल आएको हो। पोखरामा हुने अभ्यास खेलहरूले टोलीलाई प्रतियोगिताको तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

आजको खेलमा भुटान पहिलो खेलको हारको जवाफ फर्काउने लक्ष्यमा हुनेछ भने गण्डकी लगातार दोस्रो जित निकाल्ने प्रयासमा मैदानमा उत्रनेछ।

जनसमाचार नेपाल

Post Comment