×

बागलुङमा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

बागलुङमा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको समाचार

बागलुङमा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो

बागलुङ, असोज १५ — बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।

असोज ९ देखि ११ गतेसम्म परेको लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा पहिरो गएको थियो। पहिरोमा परी बेपत्ता भएकी तमानखोला गाउँपालिका–४ सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव फेला परेपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीका अनुसार पुनसराको शव पहिरोको भग्नावशेषबाट फेला परेको हो। उनी असोज ११ गते गएको पहिरोपछि बेपत्ता भएकी थिइन्।

पहिरोका कारण निसीखोला गाउँपालिकामा ५ जना, तमानखोला गाउँपालिकामा ५ जना र ताराखोला गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ। पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रभावित क्षेत्रमा खोजी तथा राहतका काम जारी रहेका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले क्षतिको विवरण संकलन तथा प्रभावित परिवारलाई आवश्यक सहयोग गर्ने कामलाई निरन्तरता दिएका छन्।

स्रोत: रेडियो नेपाल / RSS
समाचार मिति: १ अक्टोबर २०२६ (असोज १५, २०८३)

Post Comment