×

दाङमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

दाङ तुलसीपुरमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

दाङमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

दाङ, २१ असोज । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ।

बुधबार बिहान करिब १० बजे गैरापातु झोलुङ्गे पुलस्थित सडकमा लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदल हिँडिरहेका बालकलाई ठक्कर दिएको थियो।

दुर्घटनामा सल्यानको शारदा नगरपालिका–२ खलंगाका पप्पु नेपालीका छोरा आयन नेपाली गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोत: नेपाल समय / अनलाइनखबर
मिति: २१ असोज २०८३ (७ अक्टोबर २०२६)

Post Comment